समाचार
​नेपालको मध्ये भागमा रहेको जिल्लाहरुमध्ये नवलपरासी पहाड, तराई, मधेस र भित्रीमधेस सम्म फौलिएको एक जिल्ला हो । भौगलिक विबिधताले भरिपुर्ण यस जिल्लामा ५ नगरपालिका सहित ५९ वटा गाउँ विकास समितिहरु रहेका छन् । ती ५ वटा नगरपालिका मध्ये २७०३५” उत्तरी अक्षांश देखि २७०४” उत्तरी अक्षासं सम्म तथा ८३०३७” पूवी देशान्तर देखि ८३०४२” पूर्वी देशान्तर सम्म फैलिएको यस सुनवल नगरपालिका नवलपरासी जिल्लाको उत्तरपश्चिमी भागमा पर्दछ । पाल्पा जिल्लासंग सिमाना जोडिएको उत्तरी चुरेपर्वतमालाबाट दक्षिणको मधेस सम्म यो गाउँ विकास समिति फैलिएको छ । समुद्री सतहबाट १३८ मिटर देखि १०२३ मिटर सम्म उचाईमा रहेको यस सुनवल नगरपालिका साच्चिकै आदर्शको रुपमा रहेको छ । सबैभन्दा अग्लो भाग महलपोखरी १०२३ मिटरको र कम काशिपुर १३८ मिटरको उचाईमा रहेको छ । उत्तर दक्षिणमा औषत दुरी १५ कि.मि. र पूर्व पश्चिमको औषत दुरी करिव १२ कि.मि. रहेको छ जहाँ नेपालको पुर्बपश्चिम जोड्ने महेन्द्र राजमार्गले मध्यभाग हुदै पार गरेको छ ।

विकासका सम्भावना, अवसरहरु, चुनौतीहरु र समस्याहरु

तराईको जिल्ला अन्र्तगत रहेको यो नगरपालिका भएता पनि विकासका विभिन्न सम्भावना, अवसरहरु, चुनौतिहरु र समस्याहरु रहेको छ जुन निम्न प्रकार रहेको छ । 
सम्भावनाहहरु
  • तरकारी तथा फलफूल खेती
  • पशुपालन ब्यवसाय संचालन गर्न सकिने 
  • स्थानिय श्रोत साधनमा आधारित लघु उद्यम स्थापना ।
  • काष्ठकलामा आधारित उद्यमको स्थापना
  • जडिबुटी खेतीको प्रबद्र्धन निकासी र पैठारी 
  • पर्यटन व्यवसाय सञ्चालन गर्न सकिने 
  • काठ, बाँस, निगालोमा आधारित हस्तकलाका उद्यमहरुको स्थापना
अवसरहरु
  • गैह्रकाष्ठ वन पैदावार र जडिवुटी प्रशस्त मात्रामा रहेको
  • प्रकृति प्रदत्त प्रशस्त मात्रामा जंगल रहेको
  • खनिज पदार्थको स्रोत रहेको ।
  • नगरपालिका खोप पुर्ण नगरपालिका. हुनु र खुल्ला दिशा मुक्तको लागि उन्मुख हुन । 
चुनौतिहरु
  • परम्परागत रुढीवादी संस्कारको अन्त्य नहुनु । 
  • निर्माण कार्यमा आर्थिक श्रोत जुटाउने कार्य । विकास कार्यमा सबैलाई समेट्नु 
  • विकास निर्माण कार्यमा जनसहभागिता जुटाउन
समस्याहरु
  • स्वास्थ्य चौकीमा मान संसाधन तथा स्वास्थ्य कर्मीको संख्याको कमी हुनका कारण माग अनुसारको सेवा प्रदान गर्न कठिनाई ।
  • स्वास्थ्य सम्बन्धी जनचेतनाको अभावका कारण स्वास्थ्य चौकी जान हिचकिचाउनु । 
  • बाल मृत्यूदर, मातृर्मत्यूदर कायमै रहनु । 
  • रोजगारीको सम्भावना कम हुनाले अधिकांश युवाहरु रोजगारीको लागि देश बाहिर जानु पर्ने ।  
  • उन्नत कृषि प्रणालीको ज्ञान नहुनाले परम्परागत शैलीमा पशुपालन र खेतीपाती गर्नाले कृषि उत्पादनमा कमी ।