समाचार
​नेपालको मध्ये भागमा रहेको जिल्लाहरुमध्ये नवलपरासी पहाड, तराई, मधेस र भित्रीमधेस सम्म फौलिएको एक जिल्ला हो । भौगलिक विबिधताले भरिपुर्ण यस जिल्लामा ५ नगरपालिका सहित ५९ वटा गाउँ विकास समितिहरु रहेका छन् । ती ५ वटा नगरपालिका मध्ये २७०३५” उत्तरी अक्षांश देखि २७०४” उत्तरी अक्षासं सम्म तथा ८३०३७” पूवी देशान्तर देखि ८३०४२” पूर्वी देशान्तर सम्म फैलिएको यस सुनवल नगरपालिका नवलपरासी जिल्लाको उत्तरपश्चिमी भागमा पर्दछ । पाल्पा जिल्लासंग सिमाना जोडिएको उत्तरी चुरेपर्वतमालाबाट दक्षिणको मधेस सम्म यो गाउँ विकास समिति फैलिएको छ । समुद्री सतहबाट १३८ मिटर देखि १०२३ मिटर सम्म उचाईमा रहेको यस सुनवल नगरपालिका साच्चिकै आदर्शको रुपमा रहेको छ । सबैभन्दा अग्लो भाग महलपोखरी १०२३ मिटरको र कम काशिपुर १३८ मिटरको उचाईमा रहेको छ । उत्तर दक्षिणमा औषत दुरी १५ कि.मि. र पूर्व पश्चिमको औषत दुरी करिव १२ कि.मि. रहेको छ जहाँ नेपालको पुर्बपश्चिम जोड्ने महेन्द्र राजमार्गले मध्यभाग हुदै पार गरेको छ ।

सुनवल नगरपालिकाको प्रमुख व्यवसाय तथा रोजगारीको अवस्था

प्रमुख पेशा तथा आर्थिक श्रोतको रुपमा रहेको कृषि हाल घट्दै गई रहेको अवस्था छ । स्थानीय कृषि उत्पादनले यहाँको वासिन्दालाई औषतमा ९ महिनलाई धान्न सक्छ । नगरपालिकाका बहुसंख्यक मानिसहरु कृषि पेशामा संलग्न रहेको तथ्यांक अध्ययनले देखाएको छ । कृषि भन्नाले खेतीपाती, पशुपालन आदि पर्दछन् । यहाँ उत्पादन हुने प्रमुख बालीहरुमा धान, मकै, गहु, आदि हुन् । तरकारी वालीमा आलु, प्याज, हरियो सागपातहरु आदि पर्दछन् । दलहन अन्र्तगत यहाँ उत्पादन हुने कालो मास, स्थानीय भटमास, बोडी उत्पादन हुने गर्दछन् । पशुपालनमा मुख्यतया गाई, गोरु, भैसी, राँगा, बाख्रा र भेडा आदि पाल्ने गर्दछन् । व्यवसायिक रुपमा नभएता पनि सामान्यतया घरघरमा कुखुरा, परेवा आदि जस्ता पंक्षिहरु पनि पाल्ने गरेको पाईन्छ । मुख्य पेशा कृषि भएता पनि बचेको समयमा ज्यालादारीमा काम गर्ने गरेको पाईन्छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण, स्वरोजगार, स्वदेशमा रोजगारी, व्यापार आदि आर्थिक क्रियाकलाप हुन् । यस नगरपालिका भित्रमा मुख्यतया रोजगारीका अवसर सिर्जना गर्ने निजी क्षेत्रमा संस्थागत विद्यालयहरु र क्रेसरहरु पर्दछन् । सःमिल, फर्निचर, पाउरोटी उद्योग, ग्रील उद्योग, कुटानी, पिसानी मिल आदि हाल यस गा.वि.स. क्षेत्रमा वस्ती विकास, प्लटिङ र भवन निर्माणको काममा तिव्रता आएकाले भवन निर्माण सम्बन्धी रोजगारीका अवसरहरु प्रशस्त रहेका छन् ।