समाचार
​नेपालको मध्ये भागमा रहेको जिल्लाहरुमध्ये नवलपरासी पहाड, तराई, मधेस र भित्रीमधेस सम्म फौलिएको एक जिल्ला हो । भौगलिक विबिधताले भरिपुर्ण यस जिल्लामा ५ नगरपालिका सहित ५९ वटा गाउँ विकास समितिहरु रहेका छन् । ती ५ वटा नगरपालिका मध्ये २७०३५” उत्तरी अक्षांश देखि २७०४” उत्तरी अक्षासं सम्म तथा ८३०३७” पूवी देशान्तर देखि ८३०४२” पूर्वी देशान्तर सम्म फैलिएको यस सुनवल नगरपालिका नवलपरासी जिल्लाको उत्तरपश्चिमी भागमा पर्दछ । पाल्पा जिल्लासंग सिमाना जोडिएको उत्तरी चुरेपर्वतमालाबाट दक्षिणको मधेस सम्म यो गाउँ विकास समिति फैलिएको छ । समुद्री सतहबाट १३८ मिटर देखि १०२३ मिटर सम्म उचाईमा रहेको यस सुनवल नगरपालिका साच्चिकै आदर्शको रुपमा रहेको छ । सबैभन्दा अग्लो भाग महलपोखरी १०२३ मिटरको र कम काशिपुर १३८ मिटरको उचाईमा रहेको छ । उत्तर दक्षिणमा औषत दुरी १५ कि.मि. र पूर्व पश्चिमको औषत दुरी करिव १२ कि.मि. रहेको छ जहाँ नेपालको पुर्बपश्चिम जोड्ने महेन्द्र राजमार्गले मध्यभाग हुदै पार गरेको छ ।

सुनवल नगरपालिकाको आर्थिक अवस्था

हरेक हिसावले बिविधता रहेका यस सुनवल नगरपालिकामा आर्थिक अवस्थामा पनि विविधता रहेको छ । मुख्य आर्थिक आम्दानीको स्रोतमा कृषि तथा पशुपालन, व्यापा तथा उद्योग, नोकरी तथा पेन्सन, बैदेशिक रोजगार, ज्याला मजदुरी र अन्य रहेको छ ।
अन्नवाली, नगदेवाली र पशुपालनहरु यहाँको प्रमुह आर्थिक श्रोतहरु हुन् । त्यसै गरी आयको अर्काे प्रमुख श्रोतको रुपमा मित्र राष्ट्रहरु भारत, खाडी मुलुक र यूरोयिन राष्ट्रहरुबाट आएको बैदेशिक रोजगारीको श्रोतहरु पनि हो ।  त्यसै गरी नगरपालिका भित्र रहेका केही साना, मझौला तथा ठुलो उद्योगहरुले पनि आर्थिक अवस्थामा सहयोग पु¥याई आएका छन् ।