समाचार
​नेपालको मध्ये भागमा रहेको जिल्लाहरुमध्ये नवलपरासी पहाड, तराई, मधेस र भित्रीमधेस सम्म फौलिएको एक जिल्ला हो । भौगलिक विबिधताले भरिपुर्ण यस जिल्लामा ५ नगरपालिका सहित ५९ वटा गाउँ विकास समितिहरु रहेका छन् । ती ५ वटा नगरपालिका मध्ये २७०३५” उत्तरी अक्षांश देखि २७०४” उत्तरी अक्षासं सम्म तथा ८३०३७” पूवी देशान्तर देखि ८३०४२” पूर्वी देशान्तर सम्म फैलिएको यस सुनवल नगरपालिका नवलपरासी जिल्लाको उत्तरपश्चिमी भागमा पर्दछ । पाल्पा जिल्लासंग सिमाना जोडिएको उत्तरी चुरेपर्वतमालाबाट दक्षिणको मधेस सम्म यो गाउँ विकास समिति फैलिएको छ । समुद्री सतहबाट १३८ मिटर देखि १०२३ मिटर सम्म उचाईमा रहेको यस सुनवल नगरपालिका साच्चिकै आदर्शको रुपमा रहेको छ । सबैभन्दा अग्लो भाग महलपोखरी १०२३ मिटरको र कम काशिपुर १३८ मिटरको उचाईमा रहेको छ । उत्तर दक्षिणमा औषत दुरी १५ कि.मि. र पूर्व पश्चिमको औषत दुरी करिव १२ कि.मि. रहेको छ जहाँ नेपालको पुर्बपश्चिम जोड्ने महेन्द्र राजमार्गले मध्यभाग हुदै पार गरेको छ ।

ऐतिहासिक पृष्ठभुमि तथा विशेषता

यस सुनवल नगरपालिकाको नाम सुनवल नै किन रहयो भन्ने कुनै ऐतिहासिक लेख तथा अभिलेखहरु नभएता पनि अग्रजहरुको जनश्रुति अनुसार हाल रामनगर गाउँ विकास समितिमा अवस्थित बर्दगोरिया भन्ने ठाउँमा वावा अमरनाथ बस्नुहुन्थ्यो र त्यहाँ उहाँले एउटा अमर पोखरी पनि खन्नु भएको रहेछ । बाबा अमरनाथले एउटा वसाह साँढे पनि पाल्नु भएको थियो जसको घाटीमा सुनको हार थियो र भगवान शिवको बहानको रुपमा पुजेर राख्नु भएको थियो ।  उक्त साँढेसंग उहाँले कुरा पनि गर्नुहुन्थ्यो रे । त्यतिकै समयमा नै हिन्दुहरुलाई मुस्लिमहरुले दुख दिईरहेको अवस्था भएको हुनाले वावा अमरनाथले तिमीलाई कही कतै शरीरमा घाउ चोटपटक  लाग्यो भने यो अमरनाथ पोखरीमा आएर नुहाउनु त्यसपछि सबै ठिक हुन्छ भन्ने बरदान दिनु भएको रहेछ । उक्त साँढे दैनिक चर्नको लागि विभिन्न ठाँउमा जान्थ्यो । एक दिन चर्न जाने क्रममा नै हालको रुपन्देही जिल्लामा रहेको भलुहीतिर जंगलमा चर्दै गर्दा शत्रुहरुले बन्चराले उक्त साँढेको घाँटीबाट काटिदिएछ । वावा अमरनाथले दिएको बरदान अनुसार नै उक्त साँढे बर्दगोरिया आउनलाई प्रयास गरको रहेछ । जहाँ घाँटीबाट काटियो त्यहाँ टाउको खस्यो आउदै गर्दा अहिले लुम्बिनी चिनी उद्योग रहेको ठाउँमा उक्त साँधेले लगाएको सुनको हार खस्यो तै पनि उक्त साघे बर्दगोरिया जान प्रयास गरिरहयो । त्यसरी नै जहाँ सुनको हार खसेको थियो त्यो ठाउँलाई सुनहार भन्न थालियो । समय वित्दै जाँदा उक्त सुनहार भन्ने नाउँ पनि सुनहल भयो र अहिले अप्रभंश भई सुनवल भएको छ र त्यसैबाट सुनवल नामांकरण भएको भन्ने जनश्रुति रहेको छ । 
यसरी नै सुनवल नगरपालिकाको नाम कृषिसंग पनि सम्बन्धीत रहेको छ । सुनवल नगरपालिकाको अधिकांश भागहरु तराईमा पर्ने र सुन जस्तै धानको वाला फल्ने भएकोले सुनको वाला भन्दा भन्दै सुनवाला भन्न थालियो र पश्चात सुनवल भनियो र अन्त्यमा ठाउँको नाम नै सुनवल रहन पुग्यो । 

 भौगलिक हिसावले पहाड देखि तराई सम्म फैलिएकोछ । तराईको काशिपूर देखि पहाडको महलपोखरीको आफ्नै छुट्टै बिशेषता रहेको छ । परापुर्ब कालदेखि नै यस नगरपालिका प्राकृतिक, सास्कृतिक र धार्मिक बिशेष्ताले भरिपुर्ण रहेको नगरपालिका हो । यस नगरपालिका धार्मिक र सास्कृतिक सहिष्णुतााको एक नमुना पनि हो । यहाँ बिभिन्न जातजातिका गरी २५ भन्दा बढी जातजातिहरुको बसोवास रहेको छ । बिभिन्न धर्मालम्वीहरुको बसोवास रहेको छ र आ–आफ्नो  धर्म र संस्कार अनुसार विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् ।  भजनकीर्तन, चारुनाँच, लाखेनाँच, वालन आदि इत्यादी यहाँका सास्कृतिक सम्पत्तिहरु हुन । (चिनी मिल)