समाचार
​नेपालको मध्ये भागमा रहेको जिल्लाहरुमध्ये नवलपरासी पहाड, तराई, मधेस र भित्रीमधेस सम्म फौलिएको एक जिल्ला हो । भौगलिक विबिधताले भरिपुर्ण यस जिल्लामा ५ नगरपालिका सहित ५९ वटा गाउँ विकास समितिहरु रहेका छन् । ती ५ वटा नगरपालिका मध्ये २७०३५” उत्तरी अक्षांश देखि २७०४” उत्तरी अक्षासं सम्म तथा ८३०३७” पूवी देशान्तर देखि ८३०४२” पूर्वी देशान्तर सम्म फैलिएको यस सुनवल नगरपालिका नवलपरासी जिल्लाको उत्तरपश्चिमी भागमा पर्दछ । पाल्पा जिल्लासंग सिमाना जोडिएको उत्तरी चुरेपर्वतमालाबाट दक्षिणको मधेस सम्म यो गाउँ विकास समिति फैलिएको छ । समुद्री सतहबाट १३८ मिटर देखि १०२३ मिटर सम्म उचाईमा रहेको यस सुनवल नगरपालिका साच्चिकै आदर्शको रुपमा रहेको छ । सबैभन्दा अग्लो भाग महलपोखरी १०२३ मिटरको र कम काशिपुर १३८ मिटरको उचाईमा रहेको छ । उत्तर दक्षिणमा औषत दुरी १५ कि.मि. र पूर्व पश्चिमको औषत दुरी करिव १२ कि.मि. रहेको छ जहाँ नेपालको पुर्बपश्चिम जोड्ने महेन्द्र राजमार्गले मध्यभाग हुदै पार गरेको छ ।

हावा, पानी र भु–उपयोग

यस नगरपालिकाको हावापानी समष्टिमा समशितोष्ण प्रकारको रहेकोछ । यहाँको धरातलीय स्वरुपले पनि हावापानीको प्रभाव दक्षिण पूर्वी मनसुनबाट प्रभावित देखिन्छ । यस नगरपालिकाबाट जति उत्तर गईन्छ उतिनै हावापानीमा केही अन्तर पाइन्छ भने नगरपालिकाको बार्षिक तापक्रम १७० से. देखि ४०० से. सम्म पाईन्छ । बार्षिक बर्षा औषतमा २७५ मि.मि. हुन्छ । 
कृषि उत्पादनको दृष्टिकोणले हेर्ने हो भने यहाँको जमिनको अधिकांश भु–भाग समथर हुनाले अधिकांश भाग कृषियोग्य छ । सिचाईको स्रोत तथा परम्परागत प्रणालीले गर्दा कृषि जमिनमा केही हदसम्म सिंचाईको व्यवस्था रहेकोले कृषि उत्पादन सनतोषजनक रहेको छ । यस नगरपालिकामा विभिन्न खोलानाला, पानीको श्रोतहरु रहेकोले पनि श्रोतको सदुपयोग गर्ने प्रयास गरिएको देखिन्छ तर अझ यी श्रोतहरुको सदुपयोग गर्न सके त्यसबाट नगरपालिकाले अझ उत्पादन लिन सक्ने देखिन्छ । 
कृषिको दृष्टिकोणले कृषियोग्य जमिन भएकोले यहाँको आधाभन्दा परिवारहरु कृषिबाट नै आफ्नो जीवन यापन गरिरहेकोछन् । धान, गहँु, मकै जस्ता खाद्यान्न बाली तथा तोरी, तरकारी र उँखु जस्ता नगदेबालीहरु यहाँको प्रमुख खेतीहरु हुन् । यहाँ भएको जल र वन पैदावर जस्ता प्राकृतिक स्रोतको उपयोग गर्ने हो भने प्रशस्त आय आर्जनहरु गर्न सक्ने सम्भावनाहरु देखिन्छ ।